18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल राज कुमार पुडासैनी July 4, 2009, 7:55 pm

तिम्रो मेरो माया प्रिती जुगौं जुगको मेल हो भन्थ्यौ

सातै जुनी संगै हिड्ने जीवन हाम्रो रेल हो भन्थ्यौ

नसक्नेले नबोल्नुनी बोले पछि पुरा गर्नु

उल्टा सिधा कुरा गर्नु जीन्दगीको झेल हो भन्थ्यौ

भैगो भैगो कसम नखाउ मेरो मन को घाउ दुख्छ

बाचा कसम केवल खोक्रो जीवन जिउने नेल हो भन्थ्यौ

माफ गर अति भयो झेल माथि झेल भयो

नियम भित्र खेल्नु पर्छ जीवन पनि खेल हो भन्थ्यौ

मैले मात्रै कति दुख्नु अब तिम्रो पालो आयो

तिम्रो मेरो बराबरी जीन्दगीको मेल हो भन्थ्यौ

तिम्रो मेरो माया प्रिती जुगौं जुगको मेल हो भन्थ्यौ

सातै जुनी संगै हिड्ने जीवन हाम्रो रेल हो भन्थ्यौ

नुवाकोट, हाल बेल्जियम

[email protected]

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।