केटा: यो दिलको भिरपाखामा गुराँस झैँ फुलिदिन्छौ
रुपको लाली लुकाएर पूर्णिमा झैँ खुलिदिन्छौ
के भनेर बोलाउनु मन चोर्ने बेइमानीलाई
केटी: यो मुटुको ढुकढुकीमा जूनतारा झैँ झुलिदिन्छौ
मनको गाँठो फुकाएर भमरा झै डुलिदिन्छौ
के भनेर बोलाउनु दिल चोर्ने बेइमानीलाई
केटा: यो मनको गमलामा गुलाब झैँ फुलिदिन्छौ
खाली िसंउदो झुकाएर लाली रङ घुलिदिन्छौ
कुन साइनो लगाउनु मन चोर्ने बेइमानीलाई
केटी: गहको सागर सुकाएर दुनियालाई भुलिदिन्छौ
हृदयको घेराभित्र हिमाल झैँ चुलिइदिन्छौ
कुन साइनो लगाउनु मन चोर्ने बेइमानीलाई
केटा: यो दिलको भिरपाखामा …
केटी: यो मुटुको ढुकढुकीमा …