14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

आमालाई सम्झँदा

निबन्ध उमेश राई 'अकिन्चन' July 10, 2009, 12:54 pm

'यहाँ कत्ति गहिरो छ जिन्दगी

जिन्दगी भन्दा गहिरो खस्छ आँसु'

म आफ्नै अक्षरसँग छु । अक्षरले दिने आनन्द सायद अब कुनैं कुराले दिदैन।आँखाहरु संसार हेर्नलाइसपना देख्नलाइ मात्र होइन आँसु झार्नलाइ पनि रहेछ ।म रोकिएको छुआफ्नै घाउहरु छामेर । घाउहरु सबैसँग हुन्छ मसँग पनि छ ।

२०६२ पौष ८

जुन दिनदेखि छुटे

सारा अतीत र उमंगहरु

अहिले पनि सम्झन्छु र निरास बन्छु

सुखले दःुखले जीवन चलेकै छ

अभाव छ

भौतिक अभाव पुरीन्छ उक्किन्छ

तर

आमाको अभाव सधैँ सधँै रहिरहनेछ ।

संझछु 'जंजिर' चलचित्रमा अमिताभ वच्चनले बोलेको संवाद

'तिमीहरुसँग के छ त्यस्तो जो मसँग छ

मसँग मेरी आमा हुनुहुन्छू

कस्तो विडम्बना !

अमिताभले बोलेजस्तो

अब मसँग मेरी आमा हुनुहुन्छ भन्ने गर्व पनि रहेन ।

२ वर्ष पहिले जस्तो लाग्छ इन्डोनेशियामा भूकम्प जादा निकै धनजनको क्षतिभयो।त्यहिबेला 'हिमालयन टाइम्स' पत्रिकामा एउटि ७-८ वर्षकी बच्ची रोइरहेकी तस्विर देख्दा साह्रै नरमाइलो लाग्यो ।जीवन कसैको पनि स्थायी हुन्न । तर सानै उमेरमा आमा गुमाउदा स-साना नानीहरुलाई पर्ने मनोवैज्ञानिक असुरक्षाको अनुमान मात्र लगाउन सक्छु म ।म टाँसिन खोज्छु अखबारको पृष्ठमा जहाँ भूकम्पका कारण आमालाई गुमाएर ७-८ बर्षकी बच्ची आफन्तहरुसँग कारुणिक रुपमा रोइरहेकी छ।हाम्रो यो उमेर र त्यो बच्चीको कलिलो आँसु ।नीयतिले हिर्काएको कोर्रा दुख्छु र भावुक बन्छु ।

कोलम्बसलाई जित्छु भनेर जत्तिनै हिडेपनिहिडाइ जहीँको तहीँ हुने रहेछ ।नयाँ कोलम्बसले पत्ता लगाइसक्ला अर्को अमेरीका तर हामी आमा बाबाको उचित ब्यबस्था गर्न नसक्ने रहेछौ ।sिनकी समयको कुरुप अनुहारभित्र केवल हामी 'म' हुनुको खुसी बाँचिरहेछौ। हामी यो वा ऊ बहानामा कति स्वार्थी हुन्छौ भने घरमा एक्लै छाडेर आमा बाबालाई हामी आफ्नो भविष्य खोज्न तल्लिन बन्छौ ।हामी पनि ४ दाजुभाइ ठूलो दादा दिल्ली सानाे दादा र सानोभाइ हङकङम काठमान्डु । त्यतिखेर ठूलो दादा नेपाली दूतावास नयाँ दिल्लीमा कार्यरत हुनुहुन्थ्यो । ठूलो दादालाई भेटन जाने सिलसिलामा आमाले आफ्नो सुटकेसमा आफैले नाम लेख्नु भएको रहेछ । पोहोर दशँैमा घर गएको बेला आमाको अक्षर सुटकेसमा देखेर भावुक बनेँ ।सबै पढेलेखेका छोरा बुहारी हुदाहुदै पनि आफ्नो सुटकेसमा जानि नजानि आफ्नो नाम लेख्नुपरेको बाध्यता सम्झेर मनै छिया-छिया बन्यो ।

घरमा विभिन्न सजावटका सामानहरुले िसंगार्नु फोटोहरु राख्नु त्यति अनौठो होइन । सायद त्यही भएर होला 'ताजमहल' को क्रस स्टिच हाम्रो घरको भित्तामा झुन्डिरहेछ । जुन ताजमहलको चित्र आमाले २०२७ सालमा हङकङ बस्दै बनाउनु भएको बताउनुहुन्थ्यो।'ताजमहल' अमर प्रेमको प्रतीक हो । प्रेमका बादलहरु सधै उडिरहुन।उडिरहुन माया र सदभावका विमानहरु ।मानिस र मानिस बाँच्ने संसार रहेसम्म माया बाँचिरहनेछ । नबाँच्ने त घृणा हो जस्को आयु आवश्यक पनि हुदैन ।आमाको सम्झनाको लागि कुनै कारण वा प्रसंग चाहिदैन तर यो 'ताजमहल'को चित्रले मलाई भने आमाकै अनुहारआमाकै आवाजको झझल्को दिइरहन्छ ।कारण के भनेआमाले हाँसखेल गर्दै 'ताजमहल' देखाउदै भन्नुभएको वाक्य सम्झन पुग्छु 'बाबु पछि बुहारीलाई हाम्रो आमाले यस्तो पनि बनाउनुहुन्थ्यो भनेर देखाउनु है ।'म सम्झन्छु आमाविनाको संसार कति अधुरो छ। आमाले नभन्नु भएपनि बाबा-आमाका पसिनाले कोरेका अरु सिर्जनाहरु देखाउनु कत्ति हो कत्ति बाँकी छ। िसंगो घडेरी छ।खेत छ।घरहरु छन। स्वयं म छु । तर भेटाउनु पर्नेदेखाउनु पर्ने आमानै हुनुहुन्न। आमाको अभाव कति सम्म खल्लो लाग्छ भने हावा चल्छ तर शितल लाग्दैन। पानी पिइन्छ तर तिर्खा मेटिदैन ।

स्नेहको उँचाइ कति अग्लो हुने रहेछ। हृदयको समुद्र कति गहिरो हुने रहेछ। आमालॆ रचना गर्नुभएको कुराहरु जस्तै भावी पुस्ताले पनि घरको लागि एक पाइला अघि बढेर योगदान गरिदियोस भन्ने थियो ।

यता सांैखसाथ हुर्केर गइरहेको आफ्नो उमेर । उता सडकमा देख्छु बाँच्नका लागि स-साना नानीहरु चेपेर मकै बेचिरहेका नारीहरु ।अस्ति जुस पसल छेउदुई साना नानीहरु च्यापेर हिडिरहेकी माग्ने आइमाईलाई दिन्छु रु ५। पसले भन्छ 'सबैलाई यसरी दिएर सम्भव हुदैन' ।म भन्छु 'मैले उस्लाई हैन उस्का नानीहरुलाई दिएको'। म सोच्छु उस्को श्रीमान भिडन्तमा मारिएको हुनसक्छ । उस्को श्रीमान बिरामी हुनसक्छ ।अनि यी बच्चाहरु लिएर के गरुन यी महिलाहरुसके काम गरेर खान नपुगे पछि माग्न बाध्य बनेका हुन यी नारीहरु ।

आमा हुनु त्यति सजिलो छैन

जति सजिलो देखिन्छ आमा हुनु

आमाहरु यी सबै दुःखकष्ट सहेर एउटा झिनो आशाले बाँचेका हुन्छन ।आमाहरुसँग सपना हुन्छ सन्तानहरुले लक्ष्य चुमुन भन्ने ।

आफै नमरी स्वर्ग देखिदैन भनेझै आफूलाई चोट नलागी पीडा कमै दुख्दो रहेछ ।आमा पृथ्वीलोकमा हुनु र नहुनुको पीडा कति हुदोरहेछ अहिले बुझ्दैछु । केटाकेटीमा अन्जानमै गरेको गल्ति आज घाउ बनेर दुखिरहेछ । ती दिनहरुमा हामी बिराटनगर छेउको बबिया बिर्ता भन्ने ठाउँमा पढथ्यौं ।एकदिन टिफिन समयमा भलिबल सिक्ने क्रममा केटा पक्ष र केटी पक्ष बीच झगडा भयो ।sेटातिर राम भन्ने साथी र केटीतिर बुनु भन्ने साथीको भनाभनमा बुनु भन्ने केटी साथीले टुहुरो भनेपछि म लगायत अरु साथीहरुले टुहुरी भनिदेन भनेर रामलाई उक्सायौ ।उसले तँ पो टुहुरी भनेर के भनेको थियो । उनका आँखाबाट आँसुका बलिन्द्र धारा झरे ।उनलाई त्यसरी दुःखी बनाउने कारण उनकी आमाको ताजा देहान्त रहेछ । स्कूलले म त्यो कक्षाको प्रथम विद्यार्थी भएकोले केही नगरे पनि अरुलाई छडि लगायो ।आज सम्झदा दुःख लाग्छ । साथीहरुले पाएको छडिको दुखाइ भन्दा त्यो बचनको पीडा कति हो कति कठोर रहेछ । आज बल्ल म अनुभुत गरिरहेछु ।

आमाको देहान्त पश्चात एकदिन शब्द संयोजनको कार्यालयमा लक्ष्मी दिदीसँग भेट भयो । वहाँले आमा सम्बन्धि कविता लेखेर ल्याउन आग्रहमात्र गर्नु भएन ।आमा नहुनेलाई कविता लेख्न झन सजिलो हुने कुरा पनि उल्लेख गर्नुभयो ।मलाई सारै नमीठो लाग्यो । कोठाको पर्दाबाट त्यो सुनसान रोड नियालिरहेँ ।आमा नहुनुको पीडा आँखाभरी अमिलिएर आयो ।

एकदिन बल्खु चोकमा गुडिरहेको गाडी पछाडि लेखिएको थियो 'स्वर्गिय आमाको आर्शिवाद' । मलाई आजसम्म पढेको साहित्य भन्दा कैयन गुणा चोटिलो लाग्यो त्यो वाक्य । बस पेिन्टङ गर्ने हातकविता लेख्ने हातभन्दा कमजोर हुदंैन रहेछ ।त्यो गाडिको लेखाइले जहाँ पुगेपनिजस्तो रहेपनि आमाको माया अनि आर्शिवाद अमर हुन्छ भन्ने तथ्य उजागर गरेको छ ।जुन लेखाइ अन्तिम सत्य हो र सुन्दर श्रद्धा पनि । म पनि आज जे छु जस्तो छु स्वर्गिय आमाकै आर्शिवादले छु ।

बिराटनगर, हालः र्कीतिपुर

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।