19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल ईन्द्र क्षेत्री 'पकवान' July 11, 2009, 8:44 pm

एकलासमा स्वर सुनेँ, कोलाहलमा बोर भएँ

सपनाका कुरा सम्झी,यसै हर्ष बिभोर भएँ

कैयोँ राती भोँतारिँदै, उडिहिडेँ जुनकिरि झैँ,

अन्त सुस्ताउँ मन नमान्ने, उनको द्वारमा चोर भएँ

खोज्दा कतै गाउँ नपाइ, शीर लुकाउने ठाउँ नपाइ

हालै बनेँ सन्यासी म, सुकुम्बासी पोहोर भएँ

घाम-छायाँ यो जीन्दगानी, कतै अागो कतै पानी,

कति साउन सुक्खा परेँ, कति फागुन घनघोर भएँ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।