कहाँ खोजिन मैले मनको परिबेश भित्र
हर बखत देखि रहन्छु तिम्रो अजिव चित्र
पहाड माथीको बादलसँग संधै सोधी रहे
रातको जून भरी मैले पल पल खोजी रहे
इन्द्रेणीका अनेक रंग संगै कतै हरायौ कि
सपनामा आउदा बिपनामा कही डरायौ कि
कहा पूगिन मैले धर्तीको यो भूगोल भित्र
हर पल देखि रहन्छु तिम्रो सजिव चित्र
अध्यारोमा डोरयाउने जूनकिरी भएर आउ
को छर अरु निको पार्ने नै मनको यो घाउ
फूलहरु संगै कतै वैलिएर खसी दियौ कि
नभेटाउने गरी दिलमा कही बसी दियौ कि
कहा हेरिन मैले मान्छेको लाखौं मुहार भित्र
कहिले अंकमाल गरु म भेटाएर अर्मूत चित्र