दशै आयो फुलपाती र जमरामा बसी
छरछिमेकी खोज्न हिँडे बजारमा खसी
आँखाहरु प्ार्खि रहे टिकाको दिन भरी
बिर्सियौ कि आउन कतै दोधारमा परी
फोटोमा हेरी तिमीलाई टिका लगाउदैछौ
जमरा र फुलपातीमा आशिष पठाउदै छौ
पढीगुनी ज्ञानी बनी असल मान्छे बन्नु
विश्वभरी जाँ पुगे नि नेपाली हुँ भन्नु
आमा बाबु भन्दा पनि मातृभूमि ठृली
फैल्याउनु शान्ति सधै बोल्दै बुद्ध बोली
न्यूयोर्क