18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत समिर सागर July 16, 2009, 7:27 pm

द्यौराली डाँडै काटी झिसमिसे साँझमा

मै आउँला सजिई बस्नु गाजलु आँखैमा

यो मायाँको भार सबै तिमीमा बिसाउँला

उकाली र ओरालीको कहानी सुनाउँला ।

आँगनैमा साथीसंगी सबलाई बोलाएर

हेर्छौ होली मेरी मायाँ मलाइ टोलाएर

ह्दयका ताराजुनले तिमीलाई सजाउँछ

यो मनको प्यास तिम्रै मुस्कानले मेटाउँछु ।

द्यौराली डाँडै काटी......

रन वन न्याउली रुन्छ खहरै सुसाँउछ

मेरी मायाँ साहै तिम्रो यादले सताउछ

खोली तरी सँगीसाथ मलाई लिन आउनु

ति आँखाले बोकी मलाई मनमा बसाउनु ।

द्यौराली डाँडै काट.....

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।