18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत जया राई July 16, 2009, 7:38 pm

कहाँ जाने परदेशी हॊ

संगै मलाई लैजान्छौ की…

खसम थिए प्यारा मेरा

धन कमाइ आउछु भन्थे

धेरै भयो बाटो हेरंे

मनले अब माने न है।

कहां जाने परदेशी हो…

मनको बाध भत्किए है

छेक्ने छेको केही छैन

न त आयो चीटठी चरी

खबर वोकी कुनै दिन।

कहां जाने परदेशी हो…

रुझ्नै रैछ जीन्दगीमा

घाम कैले लागेन है

फर्किआउला परदेशी त

संघार अझै उदांगै लै।

कहां जाने परदेशी हो…

खाजा सामल तयारी छ

उनको ठेगान् कहां होला

मनले रोज्ने मझेरी त

उनी विना अंध्यारो छ।

कहां जाने परदेशी हो……

ममताको खेत बाँझो

संतान रोप्न आउछु भन्थे

दिन गनी बसें म त

फर्की कैले आएनन् है।

कहाँ जाने पर्देशी हो…

(सर्मपण तिनै भाउजूलाई जस्ले जीवन भरी उनको लोग्नेलाई पर्खि बसेकिछन्)

बेलायत

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।