19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल बिश्व घिमिरे July 18, 2009, 8:39 pm

मेरो सारंगीले प्रीत गायो

हारी आँफू तिम्रो जीत गायो ।

रित्तो खोक्रोले पाएन केही

सुकेकै घक्रोले हीत गायो ।

यात्रा त छ नी गन्तब्य छैन

बिराई बाटो साईत गायो ।

दुई बिस भो फिरेन दिन

धिक्कार्दै पापिकै गीत गायो ।

फिनल्याण्ड

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।