19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

ऊ त्यो मान्छे

कविता दीपक ज्याेति पाैडेल July 19, 2009, 8:26 pm

कपाल सेतै फूलेको

पिंठ्युमा पटुकी बाँधेको

ऊ त्यो मान्छे

अहिले ठिङ्ग उभिएको छ ।

कम्मरमा तरवार भिरेको

पूर्खा गौंरवको गीत गाईरहेको

ऊ त्यो मान्छे

सत्यत,नम्रता र धार्मिकताको अभावमा

सुन्न नसक्ने बहिरो भएको छ ।

जाती जाती बिच शत्रुता बढेको

शत्रुद्वारा वस्त्र खोसेको

आफ्नै भूमी टुक्रा टुक्रा पार्न खोज्दा पनि

धन्यवादमा वली चढाउने देखि

ऊ त्यो मान्छे

बोल्न नसक्ने लाटो भएको छ ।

धम्की र झुटका हतियार भिरि

शहर भित्र विधंश मच्चाईरहेका

अधर्म र उपद्रव देखि

ऊ त्यो मान्छे

व्याकुल भएको छ ।

आफ्नै घुँडा चिप्लिदा पनि

अरु माँथी तरवार उठाउन खोज्ने

न्यायदण्डको खोल फ्याँकी

देशको स्तूति गाँऊने देखि

ऊ त्यो मान्छे

हामी संग सोध्दैछ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।