19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत दीपक कथित July 19, 2009, 8:28 pm

डुबेको छु धेरै गहिरो मनको इनारमा

जति भित्र पस्दै जान्छु पाउँछु किनारमा ।

मेरो संसार त्यही देखेँ जैलेदेखि डुबेँ

निस्कुँ भन्छु जति जित त्यति तल पुगेँ ।

मात लाग्छ अङ्ग-अङ्ग एकै हेराइले

डुबाउँथेन मलाई कुनै अरू गहिराइले ।

कता राखूँ यस्तो मनलाई राखे सिरानमा

डुबेको छु धेरै गहिरो मनको इनारमा ।

फस्दै गएँ म त धेरै बाक्लो बादलमा

हराउँन थालें आफू आँखी-गाजलमा ।

कति होला मनको गहिराइ हेर्न पाएदेखि

यो मनले त्यो मनलाई बेर्न पाएदेखि ।

आफ्नै नाम लेख्न हुन्थ्यो उनको निधारमा

डुबेको छु धेरै गहिरो मनको इनारमा ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।