17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल उमेश राई 'अकिन्चन' July 21, 2009, 4:24 am

झुल्कियर अस्ताउने घाम जिन्दगी

लेखिएर मेटी जाने नाम जिन्दगी

झरीबादल आँखाभरी लुकामारी खेल्दै,

खियासंगै जिउनुपर्ने फलाम जिन्दगी

लेखान्तले लेखेर कि आफै झर्छ तारा,

एउटा छोटो सिसिरको याम जिन्दगी

इन्द्रेनी आकाशमा कत्तिनै रहन्छ र?

दुईपल सम्झनाको सलाम जिन्दगी |

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।