19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

मेरो विश्वास

कविता कला राई 'अकिन्चन' July 20, 2009, 8:34 pm

टेकेर परदेशको माटो

झ्याम् झ्याम्

ढवाङ् ढवाङ्

ढोल झ्याम्टासँगै

नाच्दा किरात पहिरनमा

हल्लाउदै साकेवा पाइला

यस्तो लाग्छ

जुरुक जुरुक तालमा

नाचिरहेछ ताइमोसन

व्यक्तिगत स्वतन्त्रताको

दुहाइसँगै

केही महानुभावहरु

किन नबनुन

आधुनिक धर्मावलम्बि

किन नमिसिउन

समुद्रको नुनिलो पानीमा

मलाई

हिजो जत्तिकै

प्यारो लाग्छ

स्वर्गवासि दिपाले

सिकाउनु भएका

साकेवा सिली

अनि

मॆरैं सम्झनाको

छायाँ बोक्ने

अरुण, तमोर

मेरो विश्वास

पुरानो बनेपनि सबैकुरा

कहिल्यै पुरानो हुदंैन

सम्झना र संस्कृति ।

भोजपुर, साङपाङ, हालः हङकङ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।