रहरहरु धेरै थिए मनका कुनामा पुरा गर्न सकिन
प्रार्थना गरेकै थिए तर वरदान पाउन सकिन
दैवको लिला हो या कर्मको खेल बुझ्न सकिन
के गल्ति गरे थिए माफ माग्न जानिन
अर्थ बिहिन मायालु बन्न पुगे कसैको साथ पाउन सकिन
विश्वासी सम्झी माया दिए तर मैले बुझ्न सकिन
विश्वासीलो मन दिई मनका कुरा लुकाउन सकिन
अर्थ विहिन माया लगाई कहिले खुशी हुन सकिन
बगैचाको फूल भएर पनि भमरालाई खेलाउन सकिन
सारा जिवन सुम्पेर पनि कसैलाई खुशी पार्न सकिन