त्यो कालो सापले दागेको धेरै चोटी भा'थियो । धेरैलाई डस्यो धेरैलाई । म कसो कसो बँचे । आज फेरी झम्टीदैछ । म अचम्ममा छु । २ वर्ष अगाडी नै टुक्रा टुक्रा पारेर नालीमा गाडेको दुर्छे त्यो साप फेरी आज कसरी जाग्यो ?
आयो आयो फेरी आयो । म आत्तिएँ चिच्याए कालिएँ । फनफनी बेरीयो मेरो खुट्टामा । पाखुरा हुदै घाँटीमा फगेर मलाई कसे पछि मेरो स्वास रोकियो । होस गुम्यो । कराउनु सकिन ।
छातीमा कसैले कुटीरहेको मुड्क्याइरहेको धिमा भान भयो । कता कता मलिन स्वर सुने 'बाबा… बाबा… बाबा…' मेरी ३ वर्षे छोरी भुँडीमा चढेर छातीमा कलिला दुई मुड्की बजारी रहेकी रहेछ । म ब्यूँझिए । जुरुक्क उठें र छोरीलाई अँगालोमा कसे । के भयो छोरी ? छोरीको उत्तर फेरी बाबा.. अनि सुक्क सुक्क… रुवाई मात्र ।
पसिनै पसिना भएछु । मान्छेको त प्रेत हुन्छ भुत हुन्छ भन्ने सुनेको थिएँ । आज अचम्म के सापको पनि भुत हुन्छ प्रेत हुन्छ किन सतायो आज त्यो पापीको छायाले । कस्तो अलच्छिनी सपना । के यो सपनाको मेरो अर्थात हाम्रो विपना सँग कुनै सम्बन्ध छ के मरि सकेको सापको प्रेतले जागेका हामीलाई तसा्रउन सक्छ ? वाइयात………
दमक, झापा