अतित बल्झियो मुटु पनि बेगतिमा धड्कीयो सोनी
अनयासै अप्ठ्यारो भो श्वासपनि अड्कीयो सोनी
भुलेको थिएँ फूलवारीको सुगन्धमा रमाउन
किन किन धेरैपछि फूलको साथ खड्कीयो सोनी
लालीमय उषासँगै ओठको मुस्कान पछ्याउँदा
सारा व्यथा हुँडल्लिएर मथिङ्गल चड्कीयो सोनी
खहरेमा मोती खोज्नु बेकारको चाहाना थियो
सम्झाउन हजार खोजे तर यो मन भड्कीयो सोनी
जुनेली त्यो रातमा तारा बीच तिम्लाई खोज्दा
आफ्नै कथा बारुद बनि फेरि आज पड्कीयो सोनी
खोटाङ बजार-१,खोटाङ
हाल: अलखोर,कतार