केटा: गन्तब्य नै तिमी बन्यौ जिन्दगीमा पुग्नै पर्ने
अन्तिम लक्ष्य तिमी बन्यौ मैले पुरा गर्नै पर्ने
अनगिन्ती सपना बोकी तिमीलाई भेट्न आँए
तिमीसगै जिउने धोको बल्ल आज मेट्न पाँए
केटी: स्वागत छ हृदय देखि मलाई भेटन आयौ
मेरै आँचलमा रमाउने धोको मेटन पार्यौ
केटा: अँगाली देउ सधैलाई ह्रदयमा लुकाएर
अबसरहरु जुटाइ देउ मन्को धक फुकाएर
अनगिन्ती बिश्वास बोकी तिमीलाई भेट्न आँए
तिमीसगै जिउने धोको बल्ल आज मेट्न पाँए
केटी: स्वागत आत्मै देखी मलाई भेटन आयौ
मेरै संसारमा रमाउने रहरहरु मेट्न पायौ
११ मार्च, १९९४, न्यु क्यरोलटन, मेरील्याण्ड