बँगैचा भरी सयपत्री फुल ढकमक्क फुल्यो
परदेशी दाइ तिमीले सायद तिहार पनि भुल्यौ
देउसे भैले आगनमा मादल बजाई गाउँछन
यो चेलीको ह्रदयमा तिम्रो याद दिलाउँछन
साथी संगी सोध्ने गर्छन कहिले आउँछ भनि
भन्ने गर्छु तिमी आउँछौ भाईटिकामा भनि
सधै जस्तो यसपाली पनि भाकल गरेकी छु
दाइ तिमी आउने बाटो भरी फुल छरेकी छु
न्यूयोर्क