19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल बिश्व घिमिरे August 3, 2009, 4:42 pm

शिकायत् हजुरको धोकालाई बेकार भो

सान्त्वना म मुर्छिदो भोकालाई बेकार भो।

अन्तरघातको गोलिले कलेजो छेडेछ

संयोग त्यो झरेको खोकालाई बेकार भो।

कत्ति सकस स्मृतीका भारी थेग्नलाई

बसन्त सुस्केराको झोकालाई बेकार भो।

घाउ अन्तस्करणमा आलै छ अझपनि

स्पर्श चर्हाउदा फोकालाई बेकार भो।

फिनल्याण्ड

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।