शिकायत् हजुरको धोकालाई बेकार भो
सान्त्वना म मुर्छिदो भोकालाई बेकार भो।
अन्तरघातको गोलिले कलेजो छेडेछ
संयोग त्यो झरेको खोकालाई बेकार भो।
कत्ति सकस स्मृतीका भारी थेग्नलाई
बसन्त सुस्केराको झोकालाई बेकार भो।
घाउ अन्तस्करणमा आलै छ अझपनि
स्पर्श चर्हाउदा फोकालाई बेकार भो।
फिनल्याण्ड