18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत खगेन्द्र थापा August 4, 2009, 1:15 am

हँ …हँ...

दोष मेरो के थियो र पापी नजर हेरिरहन्छौ

खोट मेरो के थियो र बाचाकसम फेरिरहन्छौ

बेदनाले छट्पटिएको पागल हूँ म पागल हूँ

हो …पागल हूँ म पागल हूँ

पराई भइ भाग्न खोज्दा मुटुभित्र लुकाउँथ्यौ

लाग्न खोज्दा अर्कै बाटो मन साह्रै दुखाउँथ्यौ

तिम्रो यादले छट्पटिएको घायल हूँ म घायल हूँ

हो …घायल हूँ म घायल हूँ

गल्ती मेरो के थियो र तिमी घात गर्न खोज्छौ

बिछोडको घाउमा व्यर्थै नुन चुक छर्न खोज्छौ

बिरहले छट्पटिएको घायल हूँ म घायल हूँ

हो …पागल हूँ म पागल हूँ

घायल हूँ म घायल हूँ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।