14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

कुकुर स्तुति

हास्यव्यङ्ग्य जे .बी . शेर्पा August 3, 2009, 1:04 pm

शीर्षक हेर्दै गाईजात्रा उत्सव को उपलक्षमा लेखिएको कुनै गाइजात्रेलेख होला भन्नेठान्नुहोला तर यो गाइजात्रे प्रस्तुति नभएपनी एउटा समसामयिक व्यंगपूर्ण कुकुर लेख हो भन्ने ठोकुवा चाहीं गर्ने आँट गरेकोछु ! नपत्याउने विचारगर्नु भएको भए एकैछिन समय दिनुहोसन त ....शायद तपाईको थोरै समय र सोचलेयो कुकुर स्तुति लाइ पनि केही योगदान पुग्छ्की ?

चाहेर वा नचाहेर होस मानव जिवनमा मानव जाती सित सवै भन्दा बढ़ी नजिकिएको प्राणी कुकुर नै होला, त्यसैले मानिसको जिवनमा कुकुरहरुसंग गाँसिएको साना ठूला, झीना मसिना सम्झना हरु वग्रेलती हुन्छन् ! कुनै मीठा, राम्रा कुनै नराम्रा र दुःख लाग्दा ! तर ति विचरा कुकुरहरुको बारेमा

सोच्ने, कल्पिने प्राय धेरै कम हुन्छन् ! कुकुर पाल्छन, मार्छन, फाल्छन, पिट्छ्न, लखेट्छन तर यी अनगिनती घटनाहरु सवै मानव स्मृतिको अनन्त गहिराईमा पुगिसकेको हुन्छ र हत्तपत्त सतहमा तैरिन पाउदैन ! तैरियोस पनि कसरी ? जब मान्छेले मान्छेकै विषयमा सोच्ने समय हुदैन भने जाबो कुकुरको बारेमा सोच्ने फुर्सद कस्लाई र केको खाँचो र ?

तर यो मामिलामा यूरोप, अमेरिका तीर भने थोरैले भने पनि कुकुरको कुरा गर्छन, सुनाउँछन ! त्यसैले प्राय: कुकुरहरु भाग्यमानी देखिन्छन, मालिक कै मुख चाट्न पाउछन, ओछ्यानमै लडिबुडी गर्न पाउछन र आनंदले वस्न पाउछन, मालिकले कुकुरको आची समेत पोकोपारेर झोलामा बोक्छन ! आफ्नै बच्चासरी सुम्सुम्याऊछन, अनि हराए परायेमा वा मरेमा रुवावासी समेत पनि मच्चाऊँछन ! हाम्रो देशतिर पनि थोरै भए पनि त्यस्ता भाग्यमानी कुकुरहरु नभएका भने होइनन ! त्यसैले होला कतिपयमान्छेहरु भन्ने गर्छन की " कुकुरको जुनी नै भएपनि यूरोप, अमेरिका तिरै जन्मियोस" तर यो भनाई कुकुर प्रेमले निस्कियेको भनाई चाहीं पक्कै पनी होइन होला ! बरु ति भाग्यमानी कुकुरहरुको इर्ष्या गरेको भने हुनसक्छ की ?तर मानव समाजलाई कुकुरहरुले जतिनै गुण लगाएको भए पनि, कुकुरहरुमा जतिनै राम्रो गुणहरु भए पनि यो " कुकुर " भन्ने शब्दलाइ मानिसहरूले नकारात्मक भावमा मात्र प्रयोग गर्छन र गरिरहेका छन ! ए कुकुर !! ए कुकुर्नी वा कस्तो कुकुर जस्तो मान्छे ...वा थुक्क कुकुर... ! भनेर सड़कका खातेहरु देखिलियेर महलका ठूला ठालूहरु समेतले यो शव्द प्रयोग गर्छन र यी विचरा निरीह, ईमानदार र वफादार प्राणीहरुको मानहानि गरिदिन्छन ! मानव जातिको के

बिनाश गरिदिएकाछन यी कुकुरहरूले ? सोच्नेनै हो भने यस्तो गुनी प्राणीहरु जनाउने '' कुकुर '' शव्दलाइ भाषाविद्हरूले शव्द्कोषमा राम्रो मानार्थ स्थान दिनु पर्नेहो , जसबाट कोही ईमानदार, वफादार र सहयोगी मान्छेलाइ समेत अझ इज्जत दिएर भन्नु पर्दा कस्तो कुकुरजस्तो राम्रो

मान्छे भनेर भन्न सकियोस तब " कुकुर " भन्ने शब्द कति राम्रो र सुन्दर शब्द लाग्ने थियो होला ! त्यसपश्चात कसैलाई कुकुर भनेर बोलाउदा पनी त्यसको सकारात्मक अर्थ लाग्नेछ ! हुनत कस्ले

कस्लाई कती गुण लाएकोछ भन्नेमा तुलना गर्नेहो भने मान्छेत शरमले त्यहिं कुकुरको अगाडी

विलाउन वेर लाउदैन अनि यदि मानिस र कुकुर बिच कसको अवगुण वेसी छ भनेर गन्ने र भन्ने हो भने मान्छे लाइ कुकुरले कहिल्यै भेट्टाउने कल्पना पनि गर्न सक्दैन ! तर त्यति हुँदा हुँदै पनिमानिसहरूले गुणको बदला गुण हैनकी वैगुण लगाएका छन ति कुकुरहरु प्रति ! सवैले सोख र स्वार्थको लागी मात्र कुकुर पालेका हुन्छन्, अझ कति देशहरुमा उनिहरुको श्रमशोषण गरिरहेका हुन्छन् लाखों आमदानी गरेका हुन्छन्, सोच्नेनै हो भने कुनै कुनै ठाउँ हरुमा त कुकुरहरू बिनाको मानव सभ्यताको कल्पना गर्नपनी सकिदैन ! तै पनि मानव सित बोल्न नसक्ने पशु को जुनी लिएपछि

टुलुटुलु हेर्दै वस्नु अनि डोरिएर हिंड्नु बाहेक के गर्न सक्छन ?

मान्छेले मान्छेनै आजीवन बंधक बनाएर सर्व शोषण गर्ने समाजमा कुकुर भनेको त के हो र ? कतै कतै त झन कुकुरलाई नै पो काटकूट पारेर खाइ दिन्छन, कुकुरको मासुको थरि थरिका परिकार समेत विकाश गरेका छन मानिसहरूले, कति निर्लज्ज र अशोभनीय दृश्य बन्छ जब कसैले कुकुर

डोरयाउँदै वा काखीमा च्याप्दै रेस्टूरेंन्ट हरुमा कुकुरकै मासु को परिकार मिठो मानिमानी चपाईरहेका हुन्छन्, यो त कुकुर समाज प्रति घोर अन्याय र अत्याचार भएन र ? मानिसहरूले सोचेजती र आरोप लगाएजतीको नराम्रो स्वभाव र अवगुणहरु कुकुरहरुमा पक्कै पनि देखिंदैन ! बरु मालिक धनि गरीव लोभी , दानी , छुच्चो , सूधो, कालो , गोरो , थेप्चे , चुच्चे , लुलो , लंगडो जस्तो भएपनि उसले

आफ्नो ज्यान अर्पण गर्छ तर हत्तपत्त उसले धोका दिन जान्दैन ! जानकारहरुका अनुसार कुकुरहरूले मान्छेलाइ श्याम स्वेत दुई रंगमा मात्र देख्छ भन्छनतै पनि वर्सौं पछि भेट्दा पनि आफ्नो मालिक लाइ चीनी हाल्छन र नजिक पुग्न नपाउदै फिटी फिटी पुच्छर हल्लाउँदै विछोड्को बेदना पोख्छन ! यी सवै गुण हरु माथि विचार गरेर , सोचेर भन्नेहो भने मान्छेलाइ कुकुर जस्तो भन्ने हैनकी कुकुरलाइ मान्छे जस्तो भन्दापनि पुरै पक्षपात गरेको नै ठहरिन्छ , तर "कुकुरको जुनी नै भएपनि यूरोप अमेरिका तिरै जन्मियोस" ...भनेर भन्न रुचाउनेहरु सित भने म सहमत हुन सक्दिन! यो भनाई एक त कुकुर प्रतिको प्रेमभावले कदापि भनिएको हैन र अर्को कुरा यूरोप अमेरिका तीर का ति भाग्यमानी देखिने कुकुरहरुको वास्तविक भित्री जीवन अति नीरासापूर्ण हुन्छ ! मानव अधिकार र अन्य अधिकारहरुमा धेरै अगाडी रहेका यी पश्चिमी मुलुकहरुमा कुकुर अधिकार भने पटक्कै छैन त्यहिमाथी ति विचारा कुकुरहरु रोबोट जस्तै भै सकेका छन , वस् भन्दा वस्ने, उठ भन्दा उठने , हात र आँखाको इशारा मै केके गर्नुपर्ने वाह.. वाह.. ! अनि भुक्नु , दाह्रा ङिच्याउनु र टोकन जानु पर्ने प्राकृतिक गुणहरु र स्वभावहरू सवै लोप भै सकेको छ ! यिनिहरू यती अभ्यस्त बनी सकेकाछन की बाटो

काट्दा पनि जेब्रा क्रशिंग नै खोज्छन ! कतै बाटोमा अर्को कुकुरसंग जम्का भेट भएमा सभ्य रुपमा प्रस्तुत हुन्छन् , नत ठुलोले सानो लाइ हेप्छन नत खैरोले कालो लाइ लखेट्छन ! अनि भुकने , दाह्रा ङिच्याउने जस्ता लक्षण देख्नु त झन कताहोकता !

यसो गम्दा यी विचराहरु आफ्नै तरिकामा स्वतंत्र अनि प्राकृतिक रुपमा रम्न पाउनु पर्ने कुकुरहरु यूरोप अमेरिकामा त झनै ठुलो अन्यायमा परेकाछन ! न त साथी संगिनी न त खुला आकाश न त स्वतंत्र सैर , त्यहाँ प्राय: सवै कुराहरु गुमाएकाछन यिनिहरूले ! यी सव को कारक तत्व भनेको मानिसहरु नै हुन ! मानव अधिकार दिन र दिलाउन सधै अग्रसर यी पश्चिमाहरु किनकुकुर अधिकारमा चूं बोल्दैनन ? किन अर्काको अधिकार खोसेर रमाउछन ? कुकुरको लागी सैलून , रेस्टुरेंट , पार्कहरु खोलेका छन , फेशन शो गरेका छन , बिभिन्न प्रतियोगिता हरु गराएका छन , संगै काखमा बसाएकाछन , औछ्यानमाँ लढीबुडि गर्न दिएका छन तर जे जति गरेपनी कुकुरअधिकार भने खोसी राखेका नै हुन्छन् ! यस्तो भन्दा त बरु गाँस-बास् कै कुनै ग्यारेन्टी नभएपनी भरपूर र सुखी जीवनको ग्यारेन्टी नभएपनी कुकुरको जुनी बीताउन त हाम्रै देश उचित छ ! जहाँ कमसेकम प्रकृति प्रदत अधिकारमा स्वभावत रम्न त पाउँछ !

तर खोज र विज्ञान प्रतिको लगाव ले गर्दा विस्तारै मानिसहरूले उनीहरुको चाहना अनि आवश्यकताहरु अनुसार कुकुरहरु र तिनीहरुको स्वभावलाइ नै विस्तारै परिवर्तन गर्दै लगिराखेकछन र मानव जीवनका बिभिन्न क्षेत्रहरुमा सहभागी गराइरहेका छन ! यस्तो क्रम विकसित हुँदै जाँदा भविष्यमा कुकुरहरुको आफ्नो प्राकृतिक गुण नै लोप हुँदै गएर मानिसमा पाइनेगुणहरुको पो विकाश नहोला भन्न सकिन्न ! अनि कुकुरलाई अनावश्यक हुँदै जाने अंग-प्रत्यंगहरु लोप हुने र आवस्यक मानवीय अंगहरुको विकाश हुँदै जान थालेमा त्यों पनि अचम्म मान्नु पर्ने विषय नहुन सक्छ किनकी जानकारहरू भन्ने गर्छन " जीवजन्तुहरुले विस्तारै आफुलाई आफु रहने वातावरण

अनुसार परिवर्तन गर्छ " यदि त्यसो भैहालेमा भविष्यको कुनै समयमा यस धर्तिमा कुकुरमानवहरुको अलग्गै र सभ्य दूनियाँ बन्न सक्नेछ जो मानवजातिको लागी हितकारी नै हुनसक्छ !!! अनि अहिलेको जस्तो कुकुर पाल्नुपर्ने अवस्था र आवश्यकता पनि हराई सक्नेछ वा प्रतिबंधित हुनेछ

साथै हुनसक्छ की त्यों कुकुर दूनियाँले मानवहरुलाइ अपराधिको संज्ञा दिँदै मानवअपराधहरु

विरुद्द मुद्दा हाल्ने छन !

अनि परेनत आपत ????????

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।