बाँचेको छु म बिदुर जस्तो बनेर बिरानी
क्रन्दनका आँसु झर्दछ रोजै भिज्दछ सिरानी
रित्तए मेरा आँखाका आँसु पुछिदिने कोही छैन
लावारीस भए पर्देशको ठाउँमा सहारा कोही छैन
आकाशको तारा शुन्य छ सारा औसीको रातमा
रातपनि दिन झै लाग्द्थ्यो मलाई तिम्रो त्यो साथमा
समुन्द्रपारी याद आउछ घरि यी आँखा रसाउँछ
न भोक दिनमा न निन्द्रा रातमा मायाले सताउछ
न पाउन सके हिरा न मोती यो मुरुभुमीमा
आँटो र पिठो खाएकै मिठो त्यो जन्मभुमिमा
पर्देशको चिनो केही छैन दिनु ती मेरी सानीलाई
सुकेर फुल खरानी भयो के दिउ र रानीलाई
साउदी अरेबिया