19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल खगेन्द्र थापा August 17, 2009, 2:28 pm

मेची रोयो काली रोयो लगाऔं पानीपट्टी बरु

हीरामोती भन्दा प्यारो यही धर्तीको मट्टी बरु

बल बुद्धि विवेक लगाई शिखर चुमे सभ्यहरु

मन पोल्दैन स्वार्थीको धाउछन् सधै भट्टी बरु

स्वाभिमानी देशभक्तले अपमान खप्नु भन्दा

चाहिंदैन डनलपसोफा नीको लाग्छ चट्टी बरु

विवेकीले काम गर्छन् विवेकहीनले कुरै मात्र

थेत्तरा भए अगुवाहरु थाप्छन् हाने झट्टी बरु

हत्या हिंसा पखालेर दीगो शान्ति ल्याऔ अब

भाषण मात्रै गर्नेहरुलाई गरौं अब कट्टी बरु

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।