19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल एकलव्य राज August 17, 2009, 2:38 pm

पिलाई दियौ जहर,तिम्रो प्यारको

बनि आउँछु रहर, तिम्रो प्यारको

प्याला प्याला पिउदै म ढलेपिन

छोड्दिन म शहर, तिम्रो प्यारको

तिमी रैछौ् गजल गीतसंगीतको

गाउँदै छु वहर, तिम्रो प्यारको

भन्छौ भन सुन्नसक्छु जति मलाई

सहन सक्छु कहर, तिम्रो प्यारको

याद आउँछ घरीघरी वितेका पल

रसाई दिन्छ नहर, तिम्रो प्यारको

बयरवन ३ हरकपुर मोरङ्ग

हाल: दोहा, कतार

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।