संझनामा त्यसै त्यसै बगेजस्तो लाग्छ
आफनै मुटु अन्त कतै लगेजस्तो लाग्छ ।
थाकिसके दुबै आँखा बाटो हेर्दा हेर्दै
ठप्प हुन खोज्छ छाती श्वाश फेर्दा फेर्दै
भित्र कहा“ कहा“ दुख्छ बाहिर हा“सेपनि
अध्यारै छ आ“खाभरी भाले वासे पनि ।
संझनामा............
रातपछि उज्यालो दिन किन आउदैन
किन अचेल हुलाकीले चिठी ल्याउदैन
भनिदेउ न मेरो साथी मेरो मान्छे का“ छ
तिमीजस्तै नाच्ने रहर मलाइ पनि भा छ ।
संझनामा............
मोरङ, हाल: अमेरिका