19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

मेरा देशका नेताहरुलाई

कविता डिग बहादुर तामाङ्ग August 21, 2009, 8:47 pm
 डिग बहादुर तामाङ्ग
डिग बहादुर तामाङ्ग

मथिङ्गल भित्र टाउकोहरु अट्दैनन्

टाउको भित्र मात्र मथिङ्गल अट्छन् ।

गोलार्धभित्र पृथ्वी अटदैन्

पृथ्वीभित्र मात्र गोलार्धहरु अट्छन्

पृथ्वीले सूर्यमा किरण छर्दैन्

सूर्यले मात्र पृथ्वीमा किरण छर्छ ।

जनताहरु भित्र देश अट्दैन्

देश भित्रमात्र जनताहरु अट्छन् ।

जातिहरु भित्र समाज अट्दैन्

समाजभित्र मात्र जातिहरु अट्छन् ।

जनजातिहरु भित्र देश अट्दैन्

देशभित्र मात्र जनजातिहरु अट्छन् ।

मानिसहरु भित्र नेपाल अटदैन

नेपाल भित्रमात्र नेपालीहरु अट्छन् ।

मानिसहरु भित्र घर अटदैनन् ।

घरभित्र मात्र मानिसहरु अटछन् ।

मानिसहरु जन्मदै कुनै ठूला साना हुदैनन्

बुद्धि बिबेक मात्र ठूलो सानु हुन्छन् ।

संसारमा जातैपिच्छे राज्य बाँडिदैन

राज्यभित्र मात्र जातिहरु बस्छन् ।

संविधान कुनै बर्गको लागि लेखिन्न

संविधान िसंगो देशबासीहरुको लागि लेखिन्छ ।

त्यस्तै कानून पनि कुनै बर्गको बन्दैन

कानून सबैको लागि बराबर लागु हुन्छ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।