19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत विनोद रोका August 22, 2009, 1:17 pm

सुनाउँ है हजुर एउटा गाउँ बेसीको गीत

मिठो हुन्थ्यो बोलीबचन चोखो हुन्थ्यो प्रीत

ढिकी जातो गरेपछि घाँस काटन जान्थेउ

भोक लाग्दा खान मकै भटमास लान्थेउ

असार महिना मेला जान्थेउ गैरीखेतको बेठी

केटाहरु बाउसे गर्थे रोपारे हुन्थे केटी

दशैं आउँथ्यो जमरा र मालसीरीमा रमाउँदै

लाहुरे आउथे परदेशबाट रेडियो बजाउँदै

नयाँ लुगा जीउमा हुन्थ्यो टिका निधारमा

मामा घरमा टिका थापी जाइन्थ्यो बजारमा

देउसी भैलो खेल्न जान्थेउ तिहारको दिनमा

भाइटिका पछि रमाउथ्यौ मिठो खानपिनमा

न्यूयोर्क

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।