19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

यस्तो नहोस्

कविता चकेद्र राई 'कैदी' August 26, 2009, 6:06 pm

मायाँमा अडिएको छ दुनिया

विश्वासले चलेको छ संसार

प्रेमी प्रेमिकामा धोका नहोस।

श्रीमान श्रीममतीमा घात प्रतिघात नहोस।

सानो भएर पनि सिङ्गै विश्व अट्न सक्छ यो दिलमा

सानो तिलिङ्गा रुपी आगोले संसार नजलाओस।

हामी

टाईटानिकको यात्रु जस्तै.....

आफु मात्र बाच्न प्रतिस्पर्धा गरि रहेका छौ।

महायुद्वका लडाकु जस्तै.....

जय पराजयलाई नै जीवनको सार्थकता ठानि रहेका छौ।

फेरी कसैलाई

मन लाग्यो भन्दैमा

डब्लु.टी.ओ. र पेन्टागन ढले जस्तै

नागासाकी र हिरोसिमा जले जस्तै

इराक र अफगानिस्तान बले जस्तै

इतिहासले भुल्न नसक्ने एक तमासा नहोस।

कुनै बहानामा बिचरी

ख्याति श्रेष्ठको जस्तो मृत्यु पनि नहोस।

आस्थाको बन्दि आङसाङ सुकि र

प्रगतीशिल लेखिका

तसलीमा को जीवन जस्तो जीवन पनि नहोस

हामी र हाम्रो युगौ देखीको मिठो आत्मीयता

मधेशी र पाहडीको नाममा कहिल्यै नटुटोस

विश्व नै स्तब्ध हुने गरी

अब फेरी फेरी कोशीको बाध कहिल्यै नफुटोस।

जाजरकोट लगायतको ठाँउहरुमा जस्तै

झाडापखालाको माहामारीले

हाम्रो सुख र आनन्दको

स्वर्ग अब फेरी फेरी कहिल्यै नलुटोस।

जो नहुनु थियो तर त्यही भयो

कामना गरौ.....

अब यस्तो नहोस

कहिल्यै... कहिल्यै...यस्तो नहोस !

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।