19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

जून कला र म

कविता महेन्द्र अदृष्य राई August 27, 2009, 10:56 am

गीद्द चिल र वाजको उडान भन्दा माथि

त्यहा हावा छैन पानी छैन

अक्सिजन र कार्बनडाईअक्साईडको भण्डार छैन

तर पनि युगौंदेखि

चम्किलो धम्किलो बनेर

धर्मको हरफहरुमा ज्ञान छरेर

बाँचिरहेको छ ।

जन्मदा नै सगरमाथाले देखेको जून

अनी

तल ब्रम्हाण्डकै सर्बश्रेष्ठ धर्तिमा

अन्धबिश्वासको सेतो कपडा ओडाएर

अर्धमृत एउटा आत्मालाई

संस्कृतिको गोदाममा थन्काईएको छ

हावा पानी सँग लजाउनुपर्ने

आकाश पातालसँग मन बुझाउनु पर्ने

उर्दि जारि गरिएको छ

संस्कृतिको पण्डितहरुबाट

हासो भित्र रोदन

मुास्कान भित्र क्रन्दनले

क्षतबिक्षत बनाएर

निधारमा कालो तुल झुण्डाईएको छ ।

जहाँ लेखिएको छ ।

स्वामि बिहिन बिधवा

अनि शास्त्रको रिमोटले चलाएमान छन्

सुन्दर गाँउहरुको सुन्दरी कलाहरु ।

त्यो माथिको जून

यो तलको कला

बारम्बार

जूनलाई आधा रातमा देखेर

हाँस्न छोडेको कला

खित्कौली छोडेर हास्छन्

त्यसै दिनहरुमा

ग्रहहरुको चेपबाट कलाको अबश्थामा चिहाउदै

अमिलोतितो आभा छरेर

कसैले नदेख्ने गरि नाच्छन् जून

एक दिन सम्साझैं

मैले जुनलाई सोधे

ए…………जून

भूपिको कबिताको हरफमा

कत्तिको सत्यता छ हँ

रुन्छ पो शीतहरु प्रेर ।

त्यहि दिन

मैले कलालाई सोधे

ए……………कला

तिमीलाई देखेर म भ्रमित हो

या त तिमी त्यस्तै छ हौ

कला बोल्न खोज्छे

राता राता गालामा

आशंकाको कालो रेसाहरु मडार्दै

जूनका उत्सुकतामा बादल परेछ

पानी पर्ला पर्ला जस्तो भयो

परन्तु मेघ गर्जन पाएन ।

कला उिठ

सिमसिममा केहि मन भिजे जसरी

गर्जनाको गर्जन चड्कियो

मेरो मुटुमा

मेरो कानमा

स्वतन्त्रताको नाममा माकुरी जालो

म हेर कहिल्यै लाउदिन

संस्कार र ईज्जतको भ्रममा

कालो धुवाभित्र बस्दिन

राता राता समयहरुमा

यो सेतो कत्ति सुहाएन मलाई

शब्दहरुको बर्षा भयो

ऊ लागि घर तिर

जून लाग्यो पर तिर।

म भने

त्यहि बर्षामा भिजाएर बसे

तन र मन दुबै।

धेरै जाडो भयो मलाई

मुखबाट तातो श्वाश बहदै थियो।

कलाको समिपसम्म सायद

जूनको अर्धगोलाकार आयतन सम्म सायद

अब मैले

तौलहिन अन्धबिश्वासमा

मेरो अठोठको ढक तराजु राखेर

अर्को तिजसम्ममा मैले जोख्नुछ

एकापट्टि अन्धबिश्वास र

अर्को पट्टि

कलाको चाहाना

जूनको समर्थन

मेरो ढक तराजुको टनहरु…

बिण्णुपादुका ४, सुनसरी

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।