19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल राकेश कार्की August 28, 2009, 9:49 am
राकेश कार्की
राकेश कार्की

आँधी, बतास, समुद्र गहमा यत्तिखेर

बगीरहेछ आँशु आँशुकै दहमा यत्तिखेर

जीन्दगीको ओझेलमा कसरी रमाउँ

मिठास छैन गुलियो महमा यत्तिखेर

थियो जो अब छैन मनको छेवैमा

दु:खी रहेछु पोखिएको बहमा यत्तिखेर

फुलि नै रहेँथे म बिझाएँ कसरी

नजानी तिम्रो मुटुको तहमा यत्तिखेर

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।