18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत अशोक शाक्य August 29, 2009, 10:39 pm

नसम्झने मायालुलाई म सम्झु कति

नसक्छु म भुल्न ती दिन छ दिलमा जति

भावना यो मेरो मनको तिम्रो खेलौना भो

काँहा जाउ कस्लाई सुनाउ मनको विलौना यो

नफुल्ने त्यो पँलासलाई म रोजु कति

नसक्छु म भुल्न ती दिन छ दिलमा जति

एउटै थियो यात्रा हाम्रो लक्ष्य एउटै थियो

तर आज गोरेटो नै नौलो बनिदियो

नर्पखने मायालुलाई म पर्खु कति

नसक्छु म भुल्न ती दिन छ दिलमा जति

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।