19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

नेपाली संस्कार !

कविता अनन्तगोपाल रिसाल August 30, 2009, 7:19 am

'खस् बाट खसेकाले खसी बन्न पुग्यौँ ' भनी

खुस्कनु हुन्न है हामी, खाँसी खस् खस् भये पनि!

हाम्रो सम्मान,सम्पत्ती, सद्भाव जन जातमा

भाषा,धर्म,अनुष्ठान ! प्रेम-बैभव साथमा !!

संस्क्रीती मान्यता वेद, पालीबाट बन्यो नयाँ

न-य-पाली बन्योँ हामी, चम्किन्छ्ओँ विश्व माझमा !

अनास्था, लोभ, शन्ताप, संकिर्ण किन? जालमा?

आफ्नो आधार विज्ञान, नबिर्स्यौं अनिकालमा !!

हैन साथ संगै जांदा, क्षमा-माफ त्यो गर्दिनु !

मिलेर जान सक्दैनौं, पार-पाचुके गर्दिनु

परिवार थियौं हामी, परिवार रहौं सधैं !

बन नेपाली संसार-जहां छौँ विश्वमा कतै!!

भाषा नै धनहो जस्को, जस्को भाव छ उन्नती

धर्मले गरियो रक्षा, पर-भाव पदोन्नती !

शिक्षा छ, संपती मात्रै, संस्कार छैन है पता!

मूर्दा तुल्य त्यो बन्नेछ- पाताल पुग्छ सभ्यता !!

शिक्षा-साहित्य जस्तो हो, संपती ती किताब हुन्

भाव, संस्कार त्यो छैन, पत्रै-पत्र बेकार हुन् !

चिन्दै अक्षर आत्माको, परमात्मा चिनाउने

शब्द्-ज्ञान भये आज, धेय-ध्यान पुर्याउने !

तारामा अब देखिन्छन्, नेपाली छन्द बज्दछ

मेघ गर्जन्छ ईन्द्रआदी ,भूमी नेपाल भज्दछ !!

अर्को नेपाल जन्मन्छ, हिमाली भाव खोल्दछ !

स्वर्गमा अब देवादि नेपालीबाट बोल्द्छ !

Aug 29,2009

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।