18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत गोपाल झापाली September 3, 2009, 7:01 pm
गोपाल झापाली
गोपाल झापाली

कति बस्छौ परदेशमा फर्कि आउ लाहुरे,

बिर्सियौकी देउरालीमा सँगै गा'को झ्याउरे

डाडाँपाखा गोरेटोले खोजी रै'छन तिमी,

न्याउलीले रुदै भन्छे उसलाई भेट्न आउरे

ढुगाँफोरी उम्रिएको पिपलले सुख कहाँ खोज्छ,

कास्मीरको भन्दा मिठो मुस्ताङको स्याउरे

फुर्सद कहाँ हुन्छ आखिर बाच्नलाई यहाँ,

ढुगाँ माटो पखेरोलाई भेट्न छिटै भ्याउरे

झापा, दमक

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।