एउटा चिठी आयो भन्थे तिमीलेनै पठायौंकी
कोमल दीलको कोठा भित्र आफ्नो मान्छे सजायौकी
खवर गर्छु भन्थेउ राजा बेला बेला आउछु भन्थेउ
नाम छैन निसान छैन अन्तै बाटो बिरायौकी
कस्तो ठाउँ कस्तो गाउँ दवाई पानी हुन्छ हुन्न
कति नीठूर रैछौ दैव साँच्चै टाडा भैदीयौकी
नाता गोता सबै टाडा ईष्ट मित्र टाउको मोड्छन
तिम्लाई पर्खी बसेकीछु देउता कतै विर्सीयौकी
लाखौं मान्छे दोबाटोमा सबको देख्छु मायाँ प्रिती
हाम्रो सानो संसारको बाटै तिम्ले मोड्दीयौकी