18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल राज कुमार पुडासैनी September 5, 2009, 7:26 pm

फूल फुल्ने कुरा गर बसन्तको कुरा गर

सँधै हाँसी खुशी जिउने सपनाको कुरा गर

जीन्दगी यो कहिले आगो, कहिले पानी जस्तै रै'छ

मनको आगो जलाई देउ शितलको कुरा गर

संघर्ष हो भन्छन जीवन त्यसैगरी बित्ने रै'छ

पुरानो दिन बिर्सिएर नयाँ दिनको कुरा गर

अनमोल जीन्दगी यो जिउन जाने सुख रै'छ

पुर्णिमाको जुन जस्तै उज्यालोको कुरा गर

फूल फुल्ने कुरा गर बशन्तको कुरा गर

सँधै हाँसी खुशी जिउने सपनाको कुरा गर

नुवाकोट, हाल: बेल्जियम

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।