18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत अशोक शाक्य September 5, 2009, 7:33 pm

फूल जस्तो लाग्छ जीवन, प्रेम यसको सुघन्ध

कहिले हर्ष कहिले पिडा, तितो मिठो जलन

आफन्तको भिडमा पराइको साथले

अविश्वासको अध्यारोपन टाडा जब भागिदीनाले

दीप जस्तो लाग्छ जीवन प्रेम यसको किरण

कहिले हर्ष कहिले पिडा, तितो मिठो जलन

बादलभित्र पंक्षिहरू, लुकामारी खेलीदिदा

सपना देख्ने आँखाबाट आँशु मेरो बर्सिदिँदा

आकाश जस्तो लाग्छ जीवन प्रेम यसको पवन

कहिले हर्ष कहिले पिडा, तितो मिठो जलन

धरान

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।