19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल मोहन मणि लम्साल September 6, 2009, 3:27 pm

जानु रैछ ऑशु मेरा सुकाएर गयौ

आफ्ना जती सबै वाचा फुकाएर गयौ

सीसा जस्तै हुन्छ भन्थौ मान्छेको मन

सिसै माथि पत्थरले हिर्काएर गयौ

रैछन सारै मलिला तिम्रा ति हातहरु

जाही जूही भन्दै सिस्नो हुर्काएर गयौ

उन्नू पर्छ माला भनी संगै टिप्यौ फूल

माला उन्ने मनकै डोरी चुडाएर गयौ

सिधा बाटो संग संगै हिंडे केही बेर

पुगे पछि दोबाटोमा झुक्याएर गयौ

के थाहा परायालाई दुखे पनि मन

आफ्नै ठानेकाले घाऊ उक्काएर गयौ

हाल - सूडान

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।