केटा:
सिम सिम पानी परी रहेछ, कसैको याद आइ रहेछ
एक्लो हुँदाको पिंडाले, कुटु कुटु यो मुटु खाइ रहेछ
केटी:
धिप धिप दियो बलीरहेछ, मनमा तृष्णा जागी रहेछ
अनयासै आज मलाई, उसैको माया लागी रहेछ
केटा:
बुझ्दैन चित्त मेरो अब, मनको तृष्णा मेटे बिना,
सार्थक हुन्न जीवन मेरो, तिमीलाइ मैले भेटे बिना
केटी:
प्यासीले नै कुवा धाउँछन रे, तर कुवाले प्यासी खोज्यो
यत्रो ठुलो दुनियाँमा पनि, यो मनले तिमीलाइ रोज्यो
केटा:
सिर सिर हावा चली रहेछ, कसैको याद आइरहे छ
एक्लै हुँदाको पिंडाले,कुटु कुटु मुटु खाइ रहेछ
केटी:
धिप धिप दियो बलीरहेछ, मनमा तृषणा जागी रहेछ
अनयासै आज मलाई, कसैको माया लागी रहेछ।
केटी:
भैगो म पनि तिमीलाई, साथ दिने प्रण गर्छु
यहि नै सपना हो भने, आजै देखि नै ग्रहण गर्छु
केटा:
धेरै खुशी हुने छु म,चाहे कै कुरा पाए पछि,
सपनाकी रानी बनेर, यो जीवनमा आए पछि
केटी:
कल कल खोला बगिरेहेछ, कसैको माया लागी रहेछ
किन किन मेरो मन पनि, उसैको पछि भागी रहेछ
केटा:
झलमल जुन लागीरहे छ, कसैको याद आइरहेछ
एक्लो हुँदाको पिंडाले, कुटु कुटु मुटु खाइ रहेछ