18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत गीता खत्री September 13, 2009, 10:46 pm

आफू रेटिई अरुलाई बचाउँ भन्ने मन

माया पाए पुग्छ मलाई चाँहिदैन धन

आकाश धर्ती एउटै लाग्छ मलाई किन होला

संसारमा आएका छौं मरि जाने चोला

मानिसका भावहरु उस्तै उस्तै हुन्छन्

सुख पाउँदा रमाउने दुख पाउँदा रुने

मरे पछि कस्ले देख्छ आत्मा कहाँ गयो

सुकार्य गरी केही छोड्दा नाम रही रह्यो

सिर्जनको कार्य गरौं जसो होला होला

घाम छाँया जस्तै हो यो मानिसको चोला

न्यूयोर्क

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।