19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल बलदेव भट्टराई September 13, 2009, 4:24 pm

असल हौ तिमीलाई ठानी प्रीत लाइदिए

बहार त्यो आउँला भनी प्रीत लाइदिए

फूल रोपी हिंडेंथे म काँडा उम्रेछौ

घोच तिमी पुगेसरी प्रीत लाइदिए

काँध हाली अघि लाए आशनमा पुग्यौ

छल अब अन्धो मानी प्रीत लाइदिए

उज्यालोको लागि थियो बाजी ज्यानको

छर कालो ध्रिष्ट बनी प्रीत लाइदिए

नँगिने जनता सामु आउनेछ दिन

सही बस्लान् नसोच पाजी प्रीत लाइदिए

डडेलधुरा

हाल: कोरिया

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।