माया दिएर घात गर्दै धिकार्न रोज्यौ किन
रित्ती सकेको आँशु अझै निखार्न खोज्छौ किन
हाल्दै थिए मलम पट्टी पुरानै चोटहरुमा
चह¥याएको घाउमा नून छर्किन खोज्छौ किन
अञ्जानैमा चोट लाग्यो सारा मुटु भरी भरी
त्यही चोट दिने भाला तिखार्न खोज्छौ किन
बनाउदै थिएँ एक्लै जीउने मनका आधारहरु
चोखो माँयाँ दिन्छु भन्दै बिगार्न खोज्छौ किन
इन्द्रेणीपोखरी ३ खोटाङ्ग, दिक्तेल — हाल: हङ्गकङ्ग