यसपाली होईन अर्को साल आउँला दशैंमा
हजुरहरुको हातको टिका लाउँला दशैंमा
चौरासी ब्यञ्जन जुटाउन सकिएन बिदेश बसी
ढिंडो सिन्की जेछ घरमा खाउँला दशैंमा
सक्दैन लिन नयाँ किनी एकटालो कपडा
त्यही पुरानो राम्ररी धोई लाउँला दशैंमा
किन आउँछ गरीबलाई चाडपर्ब दुखेर
तै पनि आँशु लुकाई गाउँला दशैंमा
नसोंच्नु आमा सुखनै सुख छोरा ल्याउनेछ,
खानै नपुगे साहुको मेला जाउँला दशैंमा
रुकुम,कोल-९, गर्खानी