अतित त्यो संझी ल्याउँदा मुटुको घाउ दुख्दो रै'छ
रोक्न जति खोज्यो झनै आँसुको भेल छुट्दो रै''छ
लत्याई गयौ मन्दिरमा खाएका ति कसमहरु
वेईमानीको खेल अघि देउता पनि झुक्दो रै'छ
वासनालाई अंगालेर भावनालाई ठुक्य्राउने
वैगुनीको सामु पुग्दा गुन त आंफै लुक्दो रै'छ
सच्चाई, धर्म, ईमान्दारको अस्तित्व नै मेटिएछ
फट्याईं, धोका, कपटले पो आंटेपछि पुग्दो रै'छ
तड्पीदैछ 'सावन' अझै जिन्दगीमा तिमी विना
अध्यांरो रात, एक्लै हिड्दा गन्तव्यमा चुक्दो रै'छ