18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत सन्जीप के सी September 23, 2009, 7:54 pm

यसपाली को दशैमा घर जान पाइएन

बिरानो परदेशमा लिङ्गे पिङ लाइएन

आमा अर्को साल दशैमा पक्कै आउँछु

दलिनमानै भए पनि लिङ्गे पिङ लाउँछु

काल लिन आए पनि जान्न भनीदिनु

बिष दिएर खा भनेनि खान्न भनिदिनु

यो घामले लगेन भने पक्कै म आउँछु

आँगनी मै भये पनी रोहोटे पिङ लाउँछु

पर्खि बसेस है आमा मेरो बाटो कुरी

ओडारमा ओत लाग्नु चल्दा हावा-हुरी

छुट्टी माग्न साहुकोमा दिनहुँ धाउँछु

आमा अर्को साल दशैमा पक्कै आउँछु

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।