धेरै पछि भेट हुँदा संकोचले केही बोल्नै सकिन
तिमीसँग आँखा जुधाइ मनको माया खोल्नै सकिन
जहाँ जहाँ हेर्थेँ त्यहाँ तिम्रै मुहार देख्थेँ घरी घरी
दिन बित्थ्यो सम्झनामा रात बित्थ्यो कोल्टे फेरी
तिम्रो खबर पाउँदा दु:खहरु टाढा भागथ्यो
बिरहका दिन काट्न केही सहज् लाग्थ्यो
एक्लोपनले एकैक्षणमा बिछोडको आभास दिन्थ्यो
तिमी बिना आँखा भरी शून्यताले बास लिन्थ्यो
तिम्रो लागि उपहार मायाका पुष्पहरु माला उनी
प्रतिक्षामा हरेक पल लाग्थ्यो मलाई सयौं जुनी