18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत देवराज श्रेष्ठ October 6, 2009, 9:11 pm

अतितका कुरा भुल्न मलाई कर लाग्यो

बिना आज्ञा तिम्रो ओठ चुम्न मलाई डर लाग्यो ।

त्यसै फुली ओइली झरे मेरा मनको ईच्छाहरू

भैगो अब बन्द गर तिम्रो प्रेमका भिक्षाहरु ।

जुनसँग दाँजू भने औसि आई छेकी दिन्छ

घामसँग दाँजू भने ग्रहण पो देखि दिन्छ।

पाइन मैले माया दाँज्ने यो धर्तीमा अरु केहि

छात्ती चिरी देखाउला तिम्रो लागि बरु केहि ।

हातमा हात जुधी सक्यो नजरमा नजर

पिउन अब बाँकी रहयो नशालु त्यों अधर ।

जहर हो कि तिम्रो अधर बसन्तको बहार

सुक्खा तिम्रो यौबनमा चलाई दिउकी नहर ।

ईशारा नै काफी हुन्छ बोल्न लागे लाज

टाउको हल्लाई देऊ मात्र भोली होइन आज ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।