15 वर्ष देखी निरन्तर
समकालीन साहित्य

इश्वरका कथा -'सोह्र'

लघुकथा डा. रविन्द्र समिर October 6, 2009, 9:59 am

सँधै उही सियो, उही धागो – सोह्र हजार गोपिनीहरूसँग रासलीला गर्दा पनि पुजिएका भगवान् श्रीकृष्णलाई एक साँझ वैराग्य लाग्यो । धेरै खाए मह पनि तीतो हुन्छ भन्ने सम्झेर भगवान् श्रीकृष्णलाई स्वाद फेर्न पृथ्वी जाने इच्छा लाग्यो र पृथ्वीवस्तीतर्फ लागे । पृथ्वीको शहरमा छोटा, पारदर्शी, कसिला एवम् प्रत्येक अङ्ग–प्रत्यङ्गमा आमन्त्रणको अपिल गर्ने खालका कपडाहरू लगाएका केटीहरू देखेर भगवान् श्रीकृष्णले केही समय पृथ्वीमै बिताउने निर्णय गरे । स्वर्गमा त सोह« हजार गोपिनीहरू छन् भने पृथ्वीमा बत्तीस हजार त कसो नपु¥याइएला ? भनेर कृष्णजी परीहरूको पिछा गर्न थाले ।

‘बालिके ! मसँग प्रणयसूत्रमा बाँधिन मञ्जुर छौ ?’

‘ह्वाट् ननसेन्स् ! युवतीले कर्के आँखाले हेरेर फटाफट आफ्नो बाटो लागी ।

भगवान् श्रीकृष्णलाई ‘आई लभ यू’ भन्ने शब्द थाहा थिएन, तैपनि प्रयास गरे ‘रूपमती ! म तिमीलाई अनुराग गर्दछु ।’

‘केको अनुराग र प्रेरणा ? कसौटी हेर्नु नि ! अर्की युवतीले पनि श्रीकृष्णले नबुझ्ने भाषामा गाली गरी सुइँकुच्चा ठोकी ।

यसप्रकार हिँड्दै जाँदा भगवान् श्रीकृष्ण थाकेर हैरान भएर मसाज पार्लरतिर लागे । दुई टुक्रा नाममात्रका कपडा लगाएकी युवतीले श्रीकृष्णलाई मालिस गर्न थाली ।

‘प्रिय ! आजको रात्रि मसँग बिताउन तयार छ्यौ ?’

युवतीले जवाफ दिई ‘पहिले पाँच वटा हात्ती देऊ, अनिमात्र ..... ।’

‘यो सुन्दरीलाई हात्ती किन चाहिएको होला ?’ भगवान् श्रीकृष्ण पाँच वटा हात्ती खोज्न वृन्दावनतर्फ लागे ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।