त्यो आदीम अभ्यस्त कालदेखि
विराटता विछ्याएर बगर बाँचीरहेछ ।
बुंदहरु बटुलिदै बगर टेकर सागर पुग्छन
सागर भित्र पनि त नदेखिएको विशाल बगर छ
छैन र प्रिय?
फोहर प्रदुषण थिग्राएर बगरमा
कञ्चन पवित्र सागर वन्छन बुँदहरु
जो आफु हुनुमा गौरव गर्छन
जो अरुको पिडा बुझ्दैनन्
प्रेम र सँबेदनाले बनेको मन बुझ्दैनन्
हृदय टुक्राएर गरेको कुर्बानी बुझ्दैनन्
के ढुङगा, गिटी, बालुवा, माटो र प्रदुषणको
समिश्रण मात्र हो र बगर?
अँह होईन ।
बुँद बग्ने बाटो हो बगर
सागर अडिने छाती हो बगर
चोखो प्रेमीको दृष्टान्त हो बगर
जो आफुलाई छाडेरजाने बादललाई हेरीरहेछ ।
जो आफुले नदेखेको सपनाको युग कुरीरहेछ ।
कावासोती –५, नवलपरासी