19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

बगर

कविता सोमनाथ घिमिरे October 9, 2009, 3:00 pm

त्यो आदीम अभ्यस्त कालदेखि

विराटता विछ्याएर बगर बाँचीरहेछ ।

बुंदहरु बटुलिदै बगर टेकर सागर पुग्छन

सागर भित्र पनि त नदेखिएको विशाल बगर छ

छैन र प्रिय?

फोहर प्रदुषण थिग्राएर बगरमा

कञ्चन पवित्र सागर वन्छन बुँदहरु

जो आफु हुनुमा गौरव गर्छन

जो अरुको पिडा बुझ्दैनन्

प्रेम र सँबेदनाले बनेको मन बुझ्दैनन्

हृदय टुक्राएर गरेको कुर्बानी बुझ्दैनन्

के ढुङगा, गिटी, बालुवा, माटो र प्रदुषणको

समिश्रण मात्र हो र बगर?

अँह होईन ।

बुँद बग्ने बाटो हो बगर

सागर अडिने छाती हो बगर

चोखो प्रेमीको दृष्टान्त हो बगर

जो आफुलाई छाडेरजाने बादललाई हेरीरहेछ ।

जो आफुले नदेखेको सपनाको युग कुरीरहेछ ।

कावासोती –५, नवलपरासी

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।