14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

रहरलाग्दो चरोको लर्को

नियात्रा जया राई October 10, 2009, 6:50 am

हेरी अन द हिल स्टेसनबाट रेल समात्छु । यो बेला करीब दिउँसोको बाह्रा बज्न आँटेको छ। भिड छैन, पाँच पचास पौन्ड तिर्छु टिकटको । आज दिनभरिको यात्राको लागि यो टिकटले रेल र बसमा जति पटक चढे पनि झरे पनि हुन्छ । यो एउटा रमाइलो पक्ष छ लण्डनको ।आज साह्रै जाडो भइहालेको छैन । तर दिन भने धुम्म पानी पल्र्ला जस्तै छ ।काला बादल अकासमा यत्रतत्र छन्, सूर्य देखापरेको छैन । युरोपमा यो बेला, सूर्य दखापर्नु खुसीको कुरा हुने रहेछ । घाम पारीलो लागेको भए, भेटघाट हुँदा खुसीले गफ गर्ने थालनी नै ‘आज क्या राम्रो दिन ! हैन भन्दै सुरु हुन्छ । तर आजको दिन त्यस्तो केही छैन ।

म ट्रेनमा छिर्छु । सीट जताततै खाली छ । दुईजना बस्न सकिने सिटमा बसें, जुन सिट एकअर्काे सिटपट्टि फर्केको हुन्छ । सामनेमा एउटा रातो कोट गलाएकी कपाल सेतै फुलेको गोरी महिला छन्। बुढाबुढीकै छेउमा बस्न जाती । भर्खरकाहरूको छेउमा बसे, तिनीहरूले कानमा लगाएको सिडीको चर्काे आवाजले डिस्टब गर्छ । फेरि कुनै बेला फोनमै चर्काे आवाजमा बोलेर दिक्क लगाउँछन् । रेल, बसमा चढ्दा बुढाबुढीको छेऊमा बस्न मन लाग्छ।

म नयां, कुनकुन स्टेसनमा रेल फेर्दै जानु पर्ने हो, कतिवटा लाइन पक्रनु पर्ने हो ?किनकि म सुदुर उ लण्डनबाट सुदुर दक्षिण जाँदै छु । यो मेरो लामो रेल यात्रा पहिलो पटक हुँदै छ । मैले सिटमा बस्ना साथ गोजीमा भएको ।रेल लाइनको नाक्सा निकालेर हेर्छु । मेरो सामनेकी बुढिया पत्रिका पढ्दै छन् । उसले थाहा पाइसकी म नयाँ छु भन्ने । सोधी, “ठीक छ ?” मैले म्याप उसतिर बढाएँर सोधेँ, “म यहाँ जाने, मोर्डेन स्टेसन । कुनचाहिँ बाटो पक्रेर छिटो पुगिएला ?” नक्सा, आधा उसको हातमा लिँदै भन्छ, “ए ल, यो मेट्रो पोलिटन लाइनलाई तिमीले वेकर स्ट्रटिमा फेर्नू र जुब्ब्री लाइन पक्रनू । यसपछि इलिफेन्ट एण्ड क्यासलमा अर्काे रेल फेर्नू । यसो गरे धेरैवोटा रेल फेरिरहन पर्दैन ।” उसले एउटा निचोड दिई । मैले पनि ठानेको त वास्तवमा त्यस्तै थियो।ऊ आजको डेलीमेल पढिरहेकी छ । मैले झोलामा यात्रामा पढ्ने किताव त बोकेकी छु । तर घरीघरी रेलको नक्सा नै हातमा पैmलाउँदै स्टेसनहरू गन्छु र बाहिरको दृष्य हेर्छु । खुल्ला निलो आकाश, घरका धुरीहरू, चरा उडेका, स्टेसनमा रेलतिर हुर्री रहेका मान्छेहरू आदिइत्यादि । मसँगै एउटा बूढिया पनि बसेकी थिइन् । त्यो फरासिली बुढिया ऊसँग कुरा गर्दै थिई । मैले ठानेँ ऊ उसको साथी हो क्यार ,होइन रहेछ! उसले पत्रिकको बारेमा र कसैले खाएर ल्पास्टिकको झोलामा खानाको बट्टाका सिटमै छाडेको बारेमा कुरा गरे । कुन हो स्टेसनमा ऊ झरी, उसले त्यता सङ्केत गरी मलाई । मैले हेरेँ त्यहाँ एउटा म्यागजिन छ । उसले भन्छे— पढ, त्यसले तिमीलाई अङ्ग्रेजीमा सहयोग गर्छ । म त्यो लिएर पानाहरू फरफर पल्टाउँछु ।उनी पढ्दै कुनै पाना च्यात्तै हाते झोलामा हाल्छिन् । मलाई अचम्म लाग्यो। पत्रिकाका पाना च्यत्ने काम किन होला ठान्छु ।ऊ सोध्छे, “के चाइनाबाट आएकी ? यहाँ चाइनीजहरूको कत्रो मेजेरिटी छ है चाइना टाउन ।’म भन्छु, “होइन, म त नेपाली !’

“ए तिमी त नेपाली । म तिम्रो देशमा गएकी छु । मरो देश स्वीजरल्याड जस्तै छ तिम्रो देश । कति सुन्दर छ । म धेरै समयसम्म त्यहाँ बसेँ । तिम्रो देशको राजदरबारमा काम गरेँ तर म भन्न चाहान्न, केकाम गरेँ भनेर । तिम्रो देशको राजपरिवारको कस्तरी संबाहर भयो हगि । सारै दुःख लागेको छ, सारै असल थिए तिम्रा राजा ।” म उसको सलल्ल बगेर निस्किएका वाक्यहरूलाई थाँती लगाएर सुन्छु । तिम्रो देशका गोर्खा दाजुभाइले यहाँ अधिकार पाउने भएका छन् नि, क्या राम्रो ! ढिलो भए पनि राम्रो काम हँुदैछ ।मैले धेरैचोटि ट्रेकिङ्गमा अन्नपूर्ण निस्कन्थे । ती कंदराका जरीबुटीको हावा र पानी खाँदै उकाली–ओराली गर्दा मेरा धेरै विमारहरूलाई मैले जितेर आएकी छु । तिम्रो देशमा त अमृतै छ बा ! त्यसैले तिम्रो गोर्खाहरू कठीन कामहरू पनि गर्न सक्छन् । तिम्रो देशको अर्गानिक फलपूmल हावा–पानी र जरीबुटीले तिम्रो देश कति सुन्दर छ । मेरो एउटा भतिजो उसको पढाइ सकेर नेपालमा गएको उतै बस्न थाल्यो । उनीहरूको पुख्यौली काम नै चीज उत्पान गर्ने हो । कम्पनी बर्षाैदेखि चलाइरहेको छ । ऊ त्यहाँ पनि चिज उत्पान गर्ने काममा लागेको छ । अरू पनि उसले व्यावसाय अपनाएको छ ।”

म बुढीको धाराप्रवाहमा निस्केका कुराहरूलाई अवाक भएर सुनिरहेछु । यात्रामा भेटिएकी बुढिया जसले मेरो देशको आन्द्राभुँडी सबै थाहा रहेछ । बेकर स्ट्रिट स्टेसन आइपुग्यो । मलाई खुशी लाग्यो फेरि चाँडै भेटौला, भन्दै छुट्ने बेलामा उसँग सानो कागजमा नाम र फोन नम्बर दिन खोज्छु त बुढिया पनि बेकरलु लाईन्मै नै जाने रहिछ । रेल रोकिन अगाडि नै उसले पढ्दै गरेको पत्रिका मलाई थमाई । मैले अहिले पो बल्ल बुभेmँ अघि रेलमा बसिरहेको बेला बुढियाले पानाहरू किन च्यातिरहेकी छन् भनेर । मैले उसलाई धन्यवाद दिन्छु पत्रिकाको आवश्यक पाना र केही विज्ञापनहरू राखेर मलाई दिएकी रहिछन।

रेल थामिएपछि उसैले अगाडि डो¥याउँदै लगीन् । माथिल्लो तलाबाट झरेर दाहिने स्केलेटलरबाट तलझदा यहाँ निक्कै भिड थियो। कारण यहाँ पाँचवटा रेल लाईनको स्टेसन पर्छ । त्यसैले आउने, जाने मान्छेको भेल नै बगेको हुन्छ । रेल समात्न सबैलाई हतार छ ।हमीले समात्नु पर्ने रेलको स्टपमामा पुगेर पर्खेका छौं बुढिया अभैmँ मेरो देशको बारेमा केही भनिरहेकी हुन्छिन् । रेल हुइकिएर रोकियो तर मानिस टनाटन छन्। सिट नै छैन । हामी भित्र पसेर ढोका बलैले थुनिन्छ । हामी ढोकामा छौं, गफ चल्दै छ । उनी माओवादीले चलाएको संघर्ष बारेमा करा गर्छिन् । उनलाई त्यो निको लागेको छैन । मेरो पनि बल्ल पालो आयो बोल्ने । देशमा शासन हातमा लिनेहरूले देश र जनताको बारेमा राम्ररी नसोचेकोले यो स्थिति आएको हो । स्वर्ग जस्तो सुन्दर देश बरबाद भइरहेको छ भनेर भन्छु । बुढिया सही थाप्छिन् । बास्तबमा नेता र शासकहरू सही भएन भने देश बरवादै हुन्छ । गफ गर्दै गर्दा रेलको स्टेसनहरू आउँदै गए । उनी ओर्लने बेला भयो । उनले मलाई जानकारी गराइन् । उनी झर्ने अगाडि सिष्टाचारसहित म ‘टेक कियर ! सियू सुन’ भन्छु । ऊ अझ मलाई भन्छे, ‘के तिमीलाई खर्च पर्याप्त छ ?’ म ‘पिर मान्नु पर्दैन, मलाई प्रसस्त छ, धन्यावद !भन्छु । हामी छुटिन्छौँ ।

कपाल सेतै फुलेकी ,रातो लामो कोट लगाएकी, दुईटा झोला बोकेकी, फ्रक लगाएकी गोरी फरासीली बुढिया मान्छेको बाढीभित्र कतै हराइन् । मैले ठानें एउटा असल व्यक्ति । जसले मेरो देशको बारेमा जानेकी छ र देशको वारवादीमा दुःख व्यक्त गर्छे ।मलाई लाग्यो फोन नं दिएको छु बुढियाले फोन गलिन् तर वेलायतमा फोन गर्न भनेको अनावश्यक खर्च गर्नु हो । यहाँका फोन होसियारी साथ नचलाए, फोनको विलले उकालो चडेर खतम पार्छ । अझ मोवाइलमा फोन गर्नु भनेको सजाय दिनु जत्तिकै हुन्छ । अति महंगो पर्छ असमान नेट वक पेरमा । आज यी हरफहरू लेख्दै गर्दा मलाई लाग्छ कुनै दिन त्यस्तै असल व्यक्ती भटिएमा फोनको सट्टा ई.मेल एड्रेस दिनु पर्ने रहेछ भन्ने ज्ञान प्राप्त भएको छ आपैंmबाट । बुढियाले फोन गरेकी छैन । तर तीनको हसीलो अनुहार, सेतै फुलेको केस कुमसम्म झरेको र सल्ल बगेका तीनका सरल बोली र सहयोगी भावाना मेरा अगाडि–पछाडि हिँडिरहेजस्तो लाग्छ ।बुढियाले मलाई छाडेर गैसकिन् । मैले यात्रा अभैm निक्कै गर्नुछ । रेलमा हरेक स्टेसनमा रोकिदै हिँड्दै छ । वाटारलु स्टेसनमा अझ रेल टन्न भरिन्छ । बेकरलु लाइनको ‘इलिफेन्ट एन्ड क्यासल’ अन्तिम स्टेसन हो । त्यसैले म फेरि यहाँबाट मोडेन पुग्न नर्दन लाईन समात्नुपर्छ ।म बेकरलुबाट निस्केर नर्दन लाइन खोज्दा अलमल पर्छु । म बाहिर निस्कने सिढीतिर हिँड्दै रहेछु । मैले दुईजना काली केटीलाई सोधेँ, “म मोडेन स्टेस जाने रेल पक्रन चाहन्छु, कताबाट जानेहोला ?” एउटीले उसकी साथीलाई त्यही छोडेर मलाई तान्दै अगाडि आएको बाटै लगी र एउटा कुनेटोमा लगेर छाडी, “यताबाट उता जानू ।” मैले उसलाई धन्यवाद ! भन्दै विदा दिएँ ।एउटा कुइनेटो पार गरेर सानो सिढी चढेर हिँडेँपछि मोडेन जाने ट्रेन पक्रने स्टेसन भेटेँ । वेलायतको एउटा राम्रो पक्ष के छ भने, बाटो विराइएला भनेर राम्ररी नक्सा कोरेको हुन्छ र चिन्ह्र र अक्षरमा पनि प्रष्ट देखाइएको हुन्छ । अरू पनि कुनै बेला नयाँ ठाउँमा पुगिएमा बाटो विराउने सम्भावना बढी नै हुन्छ । तर कसैलाई सोधे ब्रेटेनियाहरूको बानी सह्रै राम्रो छ, राम्ररी बाटो बताइ नदने । उनीहरू यति हतारमा हुन्छन् । मानौ म्याराथुन धवक हुन् ती। तर कृपया मैले बाटो विराएँ वताइ दिनु हुन्छ कि भन्यो भने, उनीहरू आप्mनो गतिलाई शून्यमा झारेर, आफ्नो काम छोडेर भए पनि बाटो बिराएको व्यक्तीलाई बाटो देखाई उसलाई टुङ्गो लगाएर छाड्छन् ।

म इलिफेन्ट एण्ड फ्यासलबाट मोडेन पुग्न झण्डै बीस मिनट जति लाग्यो ।बाहिर निस्के उत्तरी लण्डन जस्तो खचाखच भिड छैन, खुल्ला छ । म बस स्टपका टाउकामा लेखिएको बस नबर २५७ खोज्दैजान्छु । एउटा फूल पसलको अगाडि रहेछ । स्ट्यानमा यात्रुहरू बस कुरिरहेछन् । म पनि त्यही लाइनमा उभिन्छु ।यो बेलासम्म दिनको एक बजेर पन्द्र मिनट गैसकेको छ । बस पखेर्दा १५ मिनट गयो । बसबाट चढेर अभैm सेन्ट हिलारी हस्पिटल पुग्नु छ ।फोनमा कुरा भइसकेको छ म आउदै गरेको। देवी विमारी भएर त्यहाँ बसेको दुई हाप्ता भइसकेको छ ।उनी मेरी भजिता छोरी।उनको श्रीमान् ब्रिृटिस आर्मीबाट पेनसन प्राप्त बलायतमै बसोबास गर्दै छन् ।हो ,उनीलाई भेट्न त्यहाँ गइरहेछु म ।

बस आयो, भीड त्यति छैन । ओर्लने ढोकाको देब्रेपट्टिको सीटमा बसें । एउटी गोरी मोटी बुढिया मेरो छेउको सिटमा बस्न आइपुगी । मैले, अरू मेरो कौतुहल्तालाई हल गर्न सोधें, “ बस हस्पिटल भएर जान्छ होइन ?” उसले भनिन्, “हो, यो । त्यतै भएर जान्छ ।” “कृपया मलाई हस्पिटल आउने बेलामा ओर्लन सङ्केत गर्नु हुन्छ कि ?”“म वीचबाटैमा ओलन्छु । म ओर्लेपछि अभैm पाँचबाट स्ष्टपमा झर्नू । दाँयापट्टि सेता भवनहरू छन् । म ड्राइभरलाई भनिदिउँला ।” मैले बुढियालाई धन्यवाद दिएँ र बाटो वपरको खुल्ला दृष्यहरू हेर्दैरहेँ । अहिले दक्षिणी भेगको आकसमा वादल फाटेको छ सुन्दर घाम लागेको छ ।

बसमा झर्ने र चढ्ने क्रम नै रह्यो । बुढिया झर्न तरखर गरिन् । मैले टेकिरयर भन्दै विदा दिएँ । बुढिया ढोकामा उभिएर ‘स्कुज मी’ भन्दै कराइन् ड्रइभरलाई ‘यहाँ पछाडि नौलो महिला हस्पिटलमा ओर्लने छन् । ड्राइभरले टाउको हल्लायो। ती बुढिया हातको किनमेलको झोला हल्लाउँदै देब्रेपट्टिको बाटो लागिन् ।मेरो आँखा बाटोको दाँयापट्टिको सेता विल्डिङ्ग खोज्नैमा ब्यस्त थिए । बिमारी हेर्न गएकी मनमा एउटा खिन्नता छ । बस रोकिन अगाडि नै देखें सेता अग्ला भवनहरू त्यसको मुख्य गेट अगाडि देब्रेपट्टि रोकियो । विमारीको नाम भनेर सोधपुच शाखाबाट बार्डको नाम लेखेर एउटा पहेलो कागजमा दिइएको छ । म त्यो कागत लेखिएको बार्ड हेर्दै भित्रको साइनबोर्ड हेर्छु । बाटामा भेटिएका हस्पिटलका कर्मचाहरूलाई सोध्दैसोध्दै बल्ल पुगँे।मुख्य द्दरबाट भित्र वार्डमा पुग्दा झण्डै दस मिनट जति लागेको थियो ।

म पुग्दा ज्वाइँ प्रेमराज राई विमारीलाई कुर्न हरेक दिन डेड घण्टाको बाटो ड्राइभ गरेर आइसकेका छन्। उनको यो नियमितताले उनको आफ्नो जागिरमा धक्का लागिसकेको छ । हरेक दिन दस बजे आइपुग्नु र बेलुका घर फर्कनु दिनको नियमिता भइसकेको छ ।देवीलाई भेट्न उनकी सहपाठी साथी र उनको श्रीमान् पुगिसकेका, वातावरण केही आसजिलो बन्छ । कारण अस्पतालमा दुई जनाभन्दा बढी भिजिटर भए सामान्य मानिन्दैन । तै पनि हामी नियम विपरीत बसिह्यौं । विमारी बेडमा छिन् । केही निको भएको रे भन्ने कुरा छ आशा धेरै लाग्छ । उनको दुवै किट्नीले राम्रो काम नगरेर उनी केही महिनादेखि सिकिस्त छन् । डाक्टरहरू उनको विमारप्रति संवेदनशील छन्। तर पनि उनी ट्याँऊट्याँऊ बोलिरहेकी छन् । घरिघरि औषधीको मात्रा तलमाथि र औषधि फरेवदल गरिरहन पर्छ रे। उनी आफ्नै विमारले साताइएर लखतरान भएको बेला आफ्नी जेठी दिदी दुई लाला–बाला कलिलालाई छाडेर दशैँ अगाडि परलोक भएको चोटले उनलाई कतिे पीरोलेको होला । म धेरैधेरै सान्त्वनाका कुराहरू बाँडेर फर्कन्छु । उसकी साथी र उनको श्रीमान् फर्किसकेका छन्।मैले त्यहाँ घाड्दा दिउँसो तीन बजिसकेको छ ।

अहिले अकासमा बादल बाक्लिसकेको छ।कालो बालद शीरमाथि र क्षितिजमा सेता वादलले अकास ढाकिसकेको छ । जाडो यामका दिनहरू युरोपमा सारै छोटो। बस स्ट्यानमा गएर अरू यात्रुहरूसँग उभिन्छु । स्कुल छुट्टी भइसकेको छ, विद्यार्थीहरू पनि छन् । अरू बस धेरैचोटि आएर गइसक्यो तर मैले चढ्नु पर्ने बस आएकै छैन । म उभिएर बाटोपारिको खुल्ला चौरमा चराहरू उड्दै भुइँमा चर्दै गरको, वरपरको सुन्दर क्षितिजहरू हेर्दैछु ।मेरो आँखा एककासी पारीको क्षितिजतिर दगुरे सेता बादलको तल कालाकाला लर्काहरूले आँखा तानें । म नियलेर हेर्न थालेँ ती काला धर्साहरू त पारी क्षितिजदेखि मेरो सिरमाथिको अकासमा पनि त्यस्तै रहेछन् । म आश्चर्य चकित भएर घाटी तन्काएर हेर्न थालें।मालामा उनिएका पानी हाँसहरू काँ–काँ गर्दै उडेका रहेछन् ।चराका बथानलेआधा अकास नाप्तै जान्छ एउटा हुलजान्छ ,अर्को आउछ। त्यो बेलाको चित्र उतार्न चित्रकारलाई पनि हम्मे पर्ला सायद उनीहरू आफ्नो उडाइको क्रममा घरि लामबन्द्ध भएर, घरि गोलबन्द भएर, घरि तीनकुने अकारमा विभिन आकार वनाएर उढ्दै थिए । तर एउटा विशेषता चाहिँ के थियो भने हरेक बथानमा एउटा नायिके थियो, त्यो नायिके केही अगाडि उडेको हुन्थ्यो त्यसको पछि अरू बथान उड्दै जान्थे ।एक हुल पारी क्षितिजमा देखिन्थे । त्यो मेरो आँखाबाट पार हुन नपाउँदै अर्काे बथानको दृष्य देखा परिहाल्थ्यो । म छक्क परेर हेर्न थालेँ, आश्चर्य मानेर सँगै उभिएको एउटा गोरी बुढियालाइर्,सोधें यी अकासमा उडेका यति बिधी चरा कुन जातका हुन् ? यिनको नाम के होला?” बुढीले त ती चरा देखेकै रहेन छ, ऊ पनि छक्क परी र अवाक्क परेर भनी, “यी चराको खास नाम के हो थाहा छैन । तर यी चरा यहाँका बासिन्दाचाहिँ होइन होला । यीनीहरू प्रवासी हुन् । यिनीहरू ऋतुसँगै फेरिने वातावरणसँग मिल्न अर्काे कुनै तातो ठाउँ खोज्दै उडेका पक्कै पनि हन् । किनकी ऊ हेर त ! एउटा नायिके छ । त्यसले जता लिड गर्छ उतै जान्छ ।”त्यसपछि मात्रै थाहा भयो, मलाई ती चरा प्रवासी रहेछन्, भन्ने । आपूm सानो छँदाको कराङ्गकुरुङको सम्झना आयो । साँझसाँझपखतिर वैशाख–जेठमा अकासमा चराका े लर्काे र कराङकुरुङको आवाज।त्यो बेला काँक्राफर्सी रोपेमा खुब फल्छ भन्थे । हामी बारीतिर काँक्रा–फर्सीका बियाँ धुइकाउँथ्यौं अध्याँरैमा भए पनि कराउथ्या्ैं ‘कराङकुरुङ बर्खा लाग्यो, छेक देउराली छेक’।

अक्टूबर०४

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।