19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल बिश्व घिमिरे October 12, 2009, 4:11 pm

धेरै भएछ नपिएको

अनि गजल नसिएको ।

मात्नु छ आज म त्यसैले

तिम्रो चुम्वन नलिएको ।

भोगमा समभोग मजा

तथापि रात नदिएको ।

मदिरा चित्र गजलमा

नकोरेर त नजिएको ।

फिनल्याण्ड

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।